काठमाण्डौमा भूकम्पको धक्का



काठमाण्डौ,साउन २१ । काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ ।  

शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 

भूकम्प पछि स्थानीय घरबाट निस्किएका थिए । गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । आजको भूकम्पको केन्द्र बिन्दु भने नुवाकोटको बेलकोटगढी नगरपालिका रहेको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको  छ । भूकम्प ५.३ रेक्टर स्केल रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्