रकम नभएको चेक दिई एक महिलाले झाडीमा लुकेर देखाइन यस्तो हर्कत



कास्की,साउन २२ ।  बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन हुन्।

खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिएर बाउन्स भएपछि फरार रहेकी उनलाई घर नजिकैको झाडीमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पुनले दिएको ३ लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जोहरी दिएका थिए। पीडित पक्षको उजुरीपछि कास्की प्रहरीले बागलुङको ताराखोला गाउँपालिका-१ स्थायी घर भइ पोखरा महानगरपालिका-२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई कास्कीकै अन्नपूर्ण गाउँपालिका-८ वीरेठाँटीस्थित नियालो घारीमा लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो। पुनलाई उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी सुन्दर तिवारीले बताए। उनले विभिन्न व्यक्तिहरूलाई बेलायत पठाइदिने भन्दै रकम लिएर ठगी गरेको समाचार आएको थियो। प्रहरीले पीडितहरुलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सम्पर्क राख्न पनि भनेको छ।

प्रतिक्रिया दिनुहोस्