नुवाकोटको थान्सिङमा विद्युतीय गाडी दुर्घटना



नुवाकोट,कात्तिक १९ । काठमाडौंबाट छहरे–टोखा सडकखण्ड हुँदै त्रिशूलीतर्फ जाँदै गरेको विद्युतीय गाडी नुवाकोटको लिखु गाउँपालिका–६ कुमाल ठाँटीमा दुर्घटनामा परेको छ।

बिहीबार साँझ बागमती प्रदेश ०६ ००१ ज ०६१५ नम्बरको विद्युतीय गाडी दुर्घटनामा परेको अस्थायी प्रहरी पोस्ट थानसिङले जनाएको छ।

प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए। सामान झार्ने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्