पुस १७ देखि सञ्चालनमा आउँदै पोखरा अन्तरराष्ट्रिय विमानस्थल



काठमाडौं,साउन २३ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आगामी पुस १७ (जनवरी १) देखि सञ्चालनमा आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतवार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई उक्त मितिदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सो विमानस्थलमा आगामी अक्टोबरमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुनेछ । करीब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यो विमानस्थलको क्षेत्रफल २०० हेक्टर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्