यस्तो छ आजको सुनचाँदीको मूल्य



काठमाडौं,साउन २३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला स्थिर रहेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।  तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्