टोखा झोरमा रहेको ‘भेटघाट बेकरी क्याफे’नयाँ ढाचामा संचालन



काठमाडौं,साउन २३ । टोखा नगरपालिका वडा नम्बर १,झोरमा रहेको भेटघाट बेकरी क्याफे नयाँ ढाचामा संचालनमा आएको छ। यस्का सञ्चालक लामो समयदेखि युएईमा सेफ पदमा कार्यरत रामेश्वर अधिकारी हुन् ।

व्यवसाय नयाँ स्वरुपमा आएपछि झोरवासिले बर्थ डे केक,पिज्जा,स्याण्डविच,पेस्ट्री,बर्गरको समेत फेरिफेरि मज्जा लिन सकिने सञ्चालक अधिकारीले बताए ।

अधिकारीका अनुसार ताजा पाउरोटीका विविध भेराईटी पाईनुको साथै मिल्क केक,सफा,स्वच्छ र स्वादिष्ट क्रन्ची चिकेन समेत स्वाद लिन सकिनेछ । पछिल्लो समय झोर शहरीकरणमा रुपान्तरण हुँदै गएपछि यस्ता खानेकुराको माग समेत बढ्दै गइरहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्