आयातमा प्रतिबन्धको असर : असारमा जीप कार भ्यान रू. २९ करोडको आयात



काठमाडौं,साउन २४ । वैदेशिक मुद्राको घट्दो सञ्चयसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

तीमध्ये पर्ने जीप कार भ्यानको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा यसको आयात रू. २९ करोडमा झरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांकलाई आधार मानी हेर्दा असोजमा सर्वाधिक रू. २ अर्ब ७५ करोडको जीप कार भ्यान आयात भएको छ ।

गत आर्थिक वर्षमा यसको कुल आयात भने १६ अर्ब ६७ करोड रुपैयाँको भएको छ ।

प्रतिक्रिया दिनुहोस्