आज सुन चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,साउन २४ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० मा कारोबार भैरहेको छ ।

आज एकै दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो । यससँगै, आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ । हिजो सोमबार यसको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्