एमाले नेता सुवास नेम्वाङ प्यूठान जाने



प्यूठान,साउन २४ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्यूठान जाने भएका छन् ।

संविधानसभाका पूर्व अध्यक्ष, पूर्व सभामुख समेत रहिसकेका नेम्वाङ पहिलोपटक प्युठान जान लागेका हुन। साउन ३० गते विजुवारमा हुने जिल्ला पार्टीले आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेम्वाङ प्यूठान जान लागेको एमाले प्यूठान श्रोतले जानकारी दिएको छ । बिजुवारस्थित आयुष्मा होटलमा हुने प्रशिक्षण कार्यक्रममा गाउँ, नगर संगठन कमिटीका सदस्यदेखि जनवर्गिय संगठनका अध्यक्ष सहित नेता, कार्यकर्ताहरु सहभागी हुनेछन ।

प्रशिक्षणमा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्विनी प्रदेश सह इन्चार्ज विमला घिमिरे, स्थायी कमिटी सदस्य मणीचन्द्र थापा, पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा र केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज हरि रिजाल सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्