पुलको सब प्यानल बगाएपछि ढिकुरे हुँदै छहरे-टोखा चल्ने सवारीसाधन ठप्प



नुवाकोट,साउन २५ । जिल्लाको पुर्वी क्षेत्र जोड्ने ढिकुरेमा रहेको पुलको बजारतर्फको सब प्यानल बगाएपछि ढिकुरे हुँदै छहरे-टोखा चल्ने सवारीसाधन ठप्प भएको छ ।

गएराति नुवाकोटको पूर्वी क्षेत्रमा परेको भीषण वर्षाका कारण मुल नाकामा रहेको ढिकुरे पुल छेउको प्यानल बगाएको हो।

पुल छेउ भत्किएकाले वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीय प्रहरीले अनुरोध गरेको लिखुका नवराज थापाले बताए । सडक सुचारुका लागि स्थानीयले पहल गरिरहेको बताइएको छ ।

उता पासाङल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडकमा भीषण पहिरो गएको छ पहिरोका कारण सडक भासिएर झण्डै १०० मिटर तल पुगेको छ । उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा सडक पहिरोले बगाएको हो ।

पहिरोले बगाएको सडक
ढिकुरे पुल

खोलाको बहाव

प्रतिक्रिया दिनुहोस्