नुवाकोटको भद्रुटारमा कान्छा तामाङको घर पहिरोले पुरियो



नुवाकोट, साउन २५ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा कान्छा तामाङको घर पहिरोले पुरिएको छ ।

गएराती परेको भीषण वर्षासंगै गएको पहिरोले स्थानीय गुमान टोल निवासी कान्छा तामाङको घर पहिरोले पुरिएको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष माधब सिटौलाले बताए ।

अध्यक्ष सिटौलाका अनुसार घर माथिबाट आएको पहिरोले शौचालय र घरको आधा भाग पुरिएको छ भने हालै निर्मित सुधारिएको गोठ समेत पुरिएको छ । मध्य रातमा गएको पहिरोबाट मानवीय क्षति भने भएको छैन । घरमा रहेका सबै भागेर ज्यान गोगाएका छन् । पहिरोले जस्तापाता कामै नलाग्ने बनाएको छ । प्रारम्भिक आकलन अनुसार तामाङको ७ लाख बराबर क्षति भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्