नुवाकोट थान्सिङमा एक पुरुष रेडियो भिरेर रुखको टुप्पोमा झुन्डिएपछि…



नुवाकोट,साउन २५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा एक पुरुष झुन्डिएर आत्महत्या गरेका छन् । मृतकले रेडियो समेत भिरेका छन् ।

बुधबार बिहान स्थानीय ४६ वर्षीय बुध तामाङ घर नजिकैको रुखको टुप्पोमा झुन्डिएको अवस्थामा फेला परेका हुन।

झण्डै डेढ सय मिटर लामो चिलाउनेको रुखको टुप्पोमा झुन्डिएकाले स्थानीय र प्रहरीलाई मुचुल्का तथा शव ब्यवस्थापनमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्