बालाजुको जुत्ता कारखानामा आगलागी



काठमाडौं,साउन २५ । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्र नजिकैको एक उद्योगमा आगलागी भएको छ । 

बालाजु औद्योगिक क्षेत्र नजिकै रहेको जुत्ता कारखानामा आगलागी भएको हो । स्थानीय, सुरक्षाकर्मी र बारुणयन्त्रले आगलागी नियन्त्रणको प्रयास जारी राखेका छन् । 

आगलागीको कारण खुलेको छैन । उद्योगका कर्मचारीले भने विद्युत चुहावट भएर आगलागी भएको अनुमान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्