नुवाकोट शिवपुरीका शिक्षक सिलवालको निधन



नुवाकोट,साउन २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का शिक्षक यादव सिलवालको निधन भएको छ ।

मधुमेह रोगबाट ग्रस्त सिलवालको उपचारका लागि काठमाडौं लादै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् ।

पञ्चकन्या आधारभूत विद्यालय शिवपुरी ७ सुर्यचौरमा अध्यापन गर्दै आएका सिलवालको असमायिक निधनले मर्माहत तुल्याएको शिक्षण संस्था सम्बद्ध संघ संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्