अपर हेवाखोला हाइड्रोपावरको सेयर कारोबार खुला, पहिलो कारोबार कति ?



काठमाडौं,साउन २६ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार बिहीबारदेखि खुला भएको छ ।

बुधबार स्पेसल प्रि ओपन सेसनमा अपर हेवाखोलाको पहिलो कारोबार १३० रुपैयाँमा २० पैसामा खुला भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ तोकेको थियो । अपर हेवाखोलाको चुक्ता पुँजीका आधारमा कायम ५० लाख कित्ता सेयर बुधबार सूचीकरण भएको थियो । ‘युएचईडब्लुए’ संकेतमा यसको कारोबार खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस्