पेट्रोल ढुवानी व्यावसायीले फेरी आन्दोलन गर्ने घोषणा



काठमाडौं,साउन २६ । पेट्रोलियम ढुवानी व्यावसायीले फेरी आन्दोलन गर्ने घोषणा गरेका छन् । यस भन्दा अघि चैतमा व्यावुनयीे आयल निगम संग सहमति गरेर आन्दोलन फिर्ता लिगेका थिए ।

गत साउन २२ गते बसेको पदाधिकारी बैठक त्यस मागको कार्यन्वयनका लागि निगम लाई झकझक्याउने र माग पुरा नभए चर्को आन्दोलन हुने महासंघले जनाएको छ । भदौ १ गतेसम्म ढुवानी भडा वृद्धि नभए २ गतेबाट अग्रिम ढुवानी अनुमति नलिने विज्ञप्तीमा उल्लेख गरेको छ ।

निगमले साउन १५ गतेबाट भाडा बढाउने जानकारी गरेको भएपनि कार्यन्वयन हुन नसकेको भन्दै आक्रोस भएका छन् । बढेको भाडामा ट्यांकर चलाउन नसक्ने भन्दै ट्यांकर व्यावसायी गत बर्ष बाट नै आन्दोलीत भएका छन् । निगमको रुट अनुसार ३ देखी १६ प्रतिशत भाडा बढाउने भनिएता पनि यो लागु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्