प्रमुख तीन कम्युनिस्ट पार्टी होमिए निर्वाचनमा



काठमाडौं, साउन २७ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख तीन कम्युनिस्ट पार्टी आन्तरिक तयारीमा जुटेका छन् । मत परिणाम आफ्नो पोल्टामा उनीहरू आन्तरिक रणनीति तय गर्नमा समेत जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित साना कम्युनिस्ट पार्टी पार्टी निर्वाचन केन्द्रित गतिविधिमा जुटेका छन् । सरकारले आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।

निर्वाचन परिचालन कमिटी गठन, घोषणापत्र तयारी, निर्वाचन केन्द्रित प्रशिक्षण, भेला, बैठकलगायत गतिविधिमा उनीहरू जुटेका छन् । शीर्ष नेताले निर्वाचन केन्द्रित कार्यक्रममा केन्द्रित हुन निर्देशन दिँदै नेताकार्यकर्तालाई क्षेत्र, जिल्लामा जनताका घरघर पुगेर घुलमिल गराइरहेका छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पाँच दलीय गठबन्धनभित्र छन् ।

उनीहरू सिट बाँडफाँटसहित आन्तरिक रणनीति तयार गर्नमा समेत जुटेका छन् । उता, एमाले पाँच दलीय गठनलाई परास्त गर्न गठबन्धनबाहिर रहेका दलसँग सहकार्य गर्दै अघि बढने रणनीतिमा रहेको छ । ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी प्रमुख प्रतिपक्षी दल एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

कमिटीमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद् पदाधिकारी, प्रदेश कमिटी अध्यक्ष, पार्टी केन्द्रीय विभागका सचिव र जनसंगठनका अध्यक्ष र महासचिव सदस्य छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटीसमेत गठन गरेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्