बढ्यो सुनको मूल्य, चाँदीको स्थिर



काठमाडौं,साउन २७ । बढ्यो सुनको मूल्यमा वृद्धि भएको छ । बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सय रुपियाँ मा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार एक सय थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार २२५ रुपियाँ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्