बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण खोज्न मन्त्री यादवको निर्देशन



काठमाडौं,साउन २७ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुका बासस्थान सुरक्षित गर्ने उपाय खोज्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ । संरक्षित जीवजन्तुका आहरा, वासस्थान सुधार गर्दै पर्यापर्यटनका क्षेत्र फराकिलो बनाउन सकिने विकल्पबारे कार्यक्रम तयार गर्न मन्त्री यादवले विभाग र प्रदेशका निकायको ध्यानाकर्षण गराउनु भएको हो ।

मन्त्रालयस्तरीय विकास, समस्या समितिको बैठकमा उनले वनसँग सरोकार राख्ने निकायबीच कार्यअनुभव बाँडफाँड र नियमित समन्वयको खाँचो रहेको बताए उनले, “सबै निकायसँगको समन्वयमा वन्यजन्तुका वासस्थानमा सुधार ल्याउने दिगो व्यवस्थापनका कार्यक्रम चाडो लागु गरौं ।” सबैको साझा प्रयत्न र हातेमालोले नेपालमा बाघको सङ्ख्या उत्साहजनक रुपमा बढेको उल्लेख गर्नु हुँर्दै मन्त्री यदवले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रमलाई यथाशिघ्र अघि सार्न जोड दिए ।

समुदायलाई वन क्षेत्र हस्तान्तरण, वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) लगायतका वातावरणीय अध्ययनलाई छिटो छरितो बनाउन अन्तर मन्त्रालय समन्वय चुस्त बनाउन समेत मन्त्री यादवले विभागीय प्रमुखहरुलाई निर्देशन दिए । पछिल्लो समय मानव वन्यजन्तुबीच द्धन्द्ध निकै बढ्दै गएकाले यस्को नियन्त्रण तथा दीगो व्यवस्थापनका कार्यक्रमहरु लागु गर्नु पर्ने बताए । उनले, “वन्यजन्तुका वासस्थानमा सुधार ल्याउने तथा उनीहरुको दीगो व्यवस्थापनका कार्यक्रम लागु गर्नुस, मानव वन्यजन्तुबीचको द्धन्द्ध कम गराउने योजना चाडो लागु गरौँ ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलौनी प्रधानले पर्यावरण, वन जङगल, वन्यजन्तु, जलस्रोतसहित विकासका कार्यक्रमहरुमा आयोगले वन मन्त्रालयसँग समन्वय गर्ने आश्वासन दिए । उक्त कार्यक्रमा वन तथा वातावरणमन्त्रालयका सचिव डा.पेमनारायण कडेल, सातवटै प्रदेश स्थित वन मन्त्रालयका सचिव तथा मन्त्रालय मातहतका निकाय, बिभिन्न विभागका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्