संघातिक आक्रमणमा परेका नुवाकोटकी आईतिमाया र आलिनको उपचारमा आर्थिक अभाव



नुवाकोट,भदौ १ । अज्ञात समूहको आक्रमणमा परी घाइते भएका नुवाकोटका दुइ जनाको उपचारमा आर्थिक संकट परेको छ ।

जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर २ की आईतिमाया तामाङ र उनको छोरा आलिन तामाङको उपचारमा खर्च अभाव भएको हो।

घाइतेद्वयको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र स्टार अस्पताल सानेमामा उपचार भैरहेको बताइएको छ ।

साउन ४ गते उनीहरू माथि अज्ञात समूहले आक्रमण गरेर घाइते बनाएको थियो । आलिनको टाउकोमा गम्भीर चोट लगोको र मेरूदण्ड समेत भाँचिएको छ भने आमा आईतिमायाको टाउकोमा गम्भीर चोट लागेको छ ।

बिरामीलाई आर्थिक सहयोगको लागि आलिनका पिता सिङ्गराज तामाङको मोबाइल नम्बर ९७४२४६०९३० मा सम्पर्क गरेर वा एनआइशी एसिया बैंक त्रिशुलीमा रहेको सिंहराज तामाङको बैंक खातामा सिधै पैसा सहयोग गर्न सकिने बताइएको छ । उनको एनआइशी एसियाको खाता नम्बर १९५५७५०८११६७३००१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्