३ हाइड्रोपावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?



काठमाडौं,भदौ १ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ हाइड्रोपावर कम्पनीहरुको शेयर कारोबार सुरु भएको छ । बुधबार श्वेत गंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोको कारोबार सुरु भएको हो ।

स्पेसल प्रि ओपन सेसनमा श्वेत गंगा हाइड्रोपावर कम्पनीको पहिलो कारोबार २६९ रुपैयाँमा खुला भएको छ । यसै मूल्यका आधारमा नियमित कारोबार हुनेछ । नेप्से यसको ओपनिङ रेन्ज न्यूनतम ८९ रुपैयाँ ८८ पैसादेखि अधिकतम २६९ तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट सेयर कारोबार सुरु भएको हो । यसको चुक्ता पुँजीका आधारमा कायम १ करोड ५९ लाख ३० हजार कित्ता सेयर मंगलबार सूचीकरण भएको हो । ‘एसजीएचसी’ संकेतमा श्वेत गंगाको सेयर कारोबार खुला भएको छ ।

स्पेसल प्रि ओपन सेसनमा मन्दाकिनी हाइड्रोपावर कम्पनीको पहिलो कारोबार २३७ रुपैयाँ ३० पैसामा खुला भएको छ । नेप्सेले यसको पहिलो कारोबारका लागि न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । यसको चुक्ता पुँजीका आधारमा कायम ५८ लाख ८० हजार ३६९ कित्ता सेयर मंगलबार सूचीकरण भएको थियो । ‘एमएचएल’ संकेतमा कारोबार खुला भएको हो ।

त्यस्तै स्पेसल प्रि ओपन सेसनमा अपर सोलुको पहिलो कारोबार ३३४ रुपैयाँ ६० पैसामा भएको हो । ‘युएसएचईसी’ संकेतमा कारोबार खुला भएको हो । यसको १ करोड ३५ लाख कित्ता सेयर मंगलबार सूचीकरण भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०८ रुपैयाँ २१ पैसादेखि अधिकतम ३२४ रुपैयाँ ६३ पैसा तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्