प्रचण्ड र माधव नेपालले पार्टी एकता गर्न सक्ने



काठमाडौं, भदौ १ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै पार्टी बनाएर चुनावमा जानसक्ने भएका छन् । दुवै पार्टीको चुनाव अघि नै एकताका लागि प्रयास घनीभूत छलफल चलेको बुझिएको छ ।

नेकपा एसले माओवादीसँग एकता गर्ने गरी एकता संयोजन समिति पनि बनाउने भएको छ । नेकपा एसको सचिवालय बैठकले एकता संयोजन समिति बनाउनेबारे छलफल चलाइसकेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले नेकपा एससँग एकता प्रक्रिया बढेको खुलासा गरिसकेका छन् । सम्भवतः चुनावमा उम्मेदवार मनोनयन अगाडि नै एक भएर एउटै चुनाव चिन्हमा चुनाव लड्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्