शुभ लक्ष्मी कोषको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,भदौ २ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले साउन १९ गतेदेखि निष्कासन गरेको ५ करोड इकाईमा आवेदन दिने बिहीवार (आज) अन्तिम दिन रहेको छ ।
कोषले निष्कासन गरेको कुल ५ करोड इकाईमध्ये ७५ लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएकोे छ भने बाँकी न्यूनतम ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ७५ लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो ।
उक्त इकाईमा इच्छुक लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १०० इकाईदेखि ५० लाख इकाईसम्म आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
आवेदकले मेरो शेयर एप र वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यो खुलामुखी योजना हो ।