बिहिबार यस्तो छ सुनको मूल्य



काठमाडौं,भदौ २ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९५ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्