एकीकृत समाजवादी गुल्मीले प्रशिक्षण कार्यक्रम गर्दै



गुल्मी,भदौ २:. नेकपा एकीकृत समाजवादी गुल्मीले तीन दिने जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ।

भाद्र ४ गते शुक्रवार देखि ६ गते सम्म गुल्मी तम्घास स्थित रेसुङ्गा यज्ञशालामा कार्यक्रम सञ्चालन हुने नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेशकुमार भण्डारीले जानकारी दिए। प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मान्नित नेता एवम् पुर्व प्रधानमन्त्री झलनाथ खनाल,पुर्व सहरी विकास मन्त्री तथा पार्टीका केन्द्रीय सचिव रामकुमारी झाँक्री ,वामपन्थी नेता युवराज पन्थी,पार्टीका केन्द्रीय स्कुल विभागका सचिव अशेष घिमिरे,नेकपा एसका लुम्विनी प्रदेश कमिटी सचिव राजु गुरुङ,लुम्बिनी प्रदेश स्कुल विभागका प्रमुख टिकाराम रिजाल लगाएतका विशिष्ट नेताहरुले प्रशिक्षण दिने नेकपा एकीकृत समाजवादी गुल्मीले जनाएको छ।

नेकपा एकीकृत समाजवादी गुल्मीका संयोजक नरेशकुमार भण्डारीका अनुसार पार्टीको दर्शन,वर्तमान राजनीति र आगामी कार्यदिशा ,शिद्धान्त र व्यवहार विचको एकरुपता ,जनवादी केन्द्रियता,मार्क्सवादी अर्थसाष्त्र,श्रम तथा पुँजीवजार,द्वन्द्धवादको नियम लगाएतका विषयमा प्रशिक्षण दिईनेछ।आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्मुखमा हुनलागेको सो प्रशिक्षणले जिल्लामा पार्टीको संगठन थप मजवुत हुने नेकपा एकीकृत समाजवादी गुल्मीको विस्वास छ।यस्तै जिल्ला अध्यक्ष भण्डारीले सो प्रशिक्षण आसन्न निर्वाचन केन्दित नभई संगठन सुदृढीकरण अभियान अन्तर्गतकै एक प्रकृया भएको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्