नागरिकता विधेयक जस्ताकाे त्यस्तै बहुमतले पारित



काठमाडौं,भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनःविचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बैठकले  जस्ताकाे त्यस्तै  बहुमतले पारित गरेको छ ।प्रस्तावको पक्षमा सत्तारुढ गठबन्धनको मत परेको थियो भने विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका दलले मत जाहेर गरेका थिए ।

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्तुत गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयकलाई पारित गरियोस् भनी गरेको प्रस्तावलाई सदनमा निर्णयार्थ पेस गरे । प्रस्तावलाई पारित गर्नुभन्दा अघि मतविभाजन गरिएको थियो । सभामुख सोपकोटाले मतविभाजनको परिणाम सार्वजनिक गरे । पक्षमा १३५ मत, विपक्षमा ६० मत  परेको छ । सदनमा १९५ जना सांसदको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्