आइतबार यस्तो छ सुनचाँदीको मूल्य



काठमाडौं,भदौ ५ । आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ९५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आइतबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्