कोरोना अपडेट: २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि, तीनको मृत्यु



काठमाडौं,भदौ ९ । पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा ४४४ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ९९६ पीसीआर परीक्षण गर्दा २११ र दुई हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०७ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा चार हजार १९९ जना सक्रिय सङ्क्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा पाँच हजार ५९७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्