भेस्पा र अप्रिलिया स्कुटरको मूल्यमा वृद्धि



काठमाडौं,भदौ ९ । नेपाली बजारमा भेस्पा र अप्रिलिया स्कुटरको मूल्य वृद्धि भएको छ । नेपालको लागि भेस्पा र अप्रिलियाको आधिकारिक विके्रता दुगर ब्रदर्स एन्ड सन्सले गत भदौ १ गतेदेखि लागु हुने गरी स्कुटरहरूको मूल्य बढाएको हो ।

नेपाली बजारमा भेस्पाको ९ मोडल र अप्रिलियाको ५ वटा मोडलका स्कुटरहरू बिक्री हुँदैछ । भेस्पाको भिएक्सएल १५०, एसएक्सएल १५०, एसएक्सएल १५० म्याट र एलिगेन्टको मूल्य सात हजार पाँच सय रूपैयाँ बढाइएको हो भने बाँकी मोडलको मूल्य छ हजार रूपैयाँ बढाइएको हो ।

अप्रिलिया एसआर १५०, एसआर १५० रेस र एसएक्सआर १६० बिएस–६ को मूल्य सात हजार पाँच सय रूपैयाँले बढाइएको हो। यीबाहेक अप्रिलिया स्टोर्म १२५ र अप्रिलिया एसआर १२५ को मूल्य छ हजार रूपैयाँले बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्