जितका लागि देशव्यापी रुपमा जट्नुहोस् : अध्यक्ष नेपाल



काठमाडौं, भदौ ९ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अधिकांश ठाउँमा निर्वाचनमा विजयी बनाउन देशव्यापीरुपमा जुट्न पार्टी पंक्तिमा आह्वान गरेका छन् । 

बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा गएको एक वर्षमा पार्टीको संगठन विस्तारमा योगदान पुर्‍याएका नेता, कार्यकर्तालाई धन्यवाद दिए । उनले पार्टीले एक वर्षमा गरेको कामको गतिविधिको विषयमा केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनको फेरि मुल्यांकन गर्न पनि आग्रह गरे ।

त्यहाँ एक वर्षको मुल्यांकन र समीक्षा गरेको भन्दै अध्यक्ष नेपालले भने, “हामी कति वटा पालिकामा फैलन सकेका छौं, संगठित सदस्य कति छौं। एक लाख २७ हजार मान्छे संगठित, असंगठितको त कुरै छैन, साधारण सदस्यको संख्या, निर्वाचनमा नौ लाख २७ हजार जनताले साथ दिएका छन्। कसैले यसको अवमूल्यांकन गर्छ भने, ख्याल गरोस्, हामी मुकदर्शक बनेर बस्ने पार्टी होइन।”

बिहीबार बिहान सत्ता गठबन्धनको बालुवाटार बैठकमा यस विषयमा छलफल भएको बतादै उनले चारदेखि साढे पाँच लाखको मत आंकलन गरे पनि १५ देखि २० लाखको भोट र यो बराबरको सिट संख्या कसैले रोक्न नसक्ने दाबी गरे । यसर्थ, पार्टी पंक्तिमा उनले मतदातालाई पार्टीको चुनाव चिह्नबारे प्रशिक्षण दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्