नुवाकोट लिखुको एउटै वडामा लगाए ७ सय जना बालबालिकाले कोरोना विरुद्धको खोप



नुवाकोट,भदौ १० । जिल्लाको लिखु गाउँपालिकाका एउटै वडामा ७ सय जना बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् । लिखु गाउँपालिकाका वडा नम्बर ६ का ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइएको हो ।

यही भदौ ५ गतेदेखि सुरु भएको खोप अन्तर्गत वडा ६ का विभिन्न विद्यालयका ७ सय १० जना बालबालिकालाई कोरोना खोप लगाइएको हो ।

सामुदायिक तथा निजि विद्यालयका बालबालिकाको उल्लेख्य सहभागिता रहेको सामुदायिक स्वास्थ्य शाखाका अहेव सुदिप अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्