एमालेका प्रदेश सदस्य कक्षपती एकिकृत समाजबादीमा प्रवेश



प्युठान,भदौ १० । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजकुमार कक्षपती नेकपा एकिकृत समाजबादीमा प्रवेश गरेका छन् ।

बिहिबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल र महासचिव बेदूराम भुसालले कक्षपतीलाई पार्टीमा प्रवेश गराएका हुन् ।

कक्षपति प्युठानमा पुराना बामपन्थी  नेताका रुपमा चिनिन्छन। उनी एमालेका पूर्व केन्द्रीय सदस्य समेत हुन।

प्रतिक्रिया दिनुहोस्