काङ्ग्रेस नेता बानियाँ काठमाडौं ६ बाट चुनाव लड्ने



काठमाडौं,भदौ १० । काङ्ग्रेस नेता सबुज बानियाँले आउदो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ६ बाट लड्ने घोषणा गरेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट काङ्ग्रेस नेता भिमसेनदास प्रधान विजयी भएका थिए । यसपटक समेत नेता प्रधानले दावी गरिरहेको बेला बानियाँले उम्मेदवारी घोषणा गरेका हुन यद्यपि टिकट पाउने बारे पार्टी पंक्तिमा दुई धार देखिएको छ ।

नेता बानियाँले भने आफुले टिकट पाएको खण्डमा निश्चितरूपमा चुनावमा जीत हासिल गर्ने बताउदै आएका छन् । प्रधान भने आफ्नो निर्वाचन हत्तपत्त नछाड्ने बताउदै आएका छन् । नेतृत्वका युवा पंक्तिले अब नयाँ पुस्ताले पालो पाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्