चुनावपछि कांग्रेसले बहुमतको सरकार बनाउछ : सभापती पुन



रोल्पा,भदौ १० । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले आगामी निर्वाचनबाट कांग्रेसले बहुमतको सरकार निर्माण गर्ने दाबी गरेका छन् । आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल बनेर बहुतमतको सरकार बनाउने बताए । मंसिर ४ गते हुने प्रदेस तथा प्रतिनिधीसभा निर्वाचनमा नेता, नेतृत्व तथा कार्यकर्ताको सामुहिक प्रयास र एकताले मात्र कांग्रेसको विजय सम्भव रहेको पुनको भनाई छ।

नेपाली कांग्रेस रोल्पाले आज लिबाङमा शुभारम्भ गरेको जनताको साथमा कांग्रेस अभियानलाई सम्बोधन गर्दै सभापती पुनले गठबन्धन बारे गलत र भ्रमपूर्ण सन्देश नदिन नेता तथा कार्यकर्ताहरूलाई अनुरोध समेत गरे ।

अहिलेको गठबन्धन राष्ट्रिय सरकार निर्माणका लागी भएकोले जिल्ला र प्रदेशले यसलाई स्विकारेर अगाडि बढ्नु पर्ने परिस्थिति निर्माण भएको नेता पुनको प्रस्टोक्ती छ। उनले पार्टीको उपस्थिति, सांगठनिक अवस्था र जनस्तरको सुझावको आधारमा गठबन्धन हुनु पर्ने सुझाब समेत दिए ।

प्रतिक्रिया दिनुहोस्