जथाभाबी टाँगिएका तार व्यवस्थापन गर्दै टोखा नगरपालिका



टोखा,भदौ ११ । टोखा नगरपालिका जथाभाबी टाँगिएका तार व्यवस्थापनतर्फ लागेको छ । नगरपालिकाले प्रदूषण नियन्त्रणका लागि सो अभियानको सुरुवात गरेको बताएको छ ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको सक्रियतामा तत्काल पहिलो चरणमा सामाखुसी देखि ग्रान्डीसम्म अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापन सुरु गरिएको हो। मुल सडकका तार व्यवस्थापनका क्रममा दोस्रो चरण्मा सबैवडा र स्थानहरुमा ब्यवस्थापन गरिने छ ।

जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा नगरपालिकाले यस्तो अभियान शुरु गरेको र व्यवस्थापनकै क्रममा नगर प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सचेत समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्