तीन वर्षकी बालीका मृत फेला



मकवानपुर,भदौ ११ । मकवानपुरमा तीन वर्षकी वालिका मृत फेला परेकि छिन् । जिल्लाको राक्सिराङ गाउँपालिका–३ गोठारीमा तीन वर्षकी भूमिका घलान मृत फेला परेकी हुन् ।

राक्सिराङ ३ का भुवन सिंह घलानको ३ वर्षीया छोरी भूमिका घलान खोलाले बगाई मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

घट्टमा गएकी आमालाई पछ्याउँदै जाँदा बालिकालाई चुर्लिङ खोलाले बगाएको र मृत अवस्थामा देखेपछि स्थानीय गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्