हात्तीको आक्रमणमा दुई जना घाइते



बिर्तामोड,भदौ ११ । झापामा जंगली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन्। झापा हल्दिवारी गाउँपालिक-२ मा शनिवार बिहान साढे ४ बजेको समयमा हिँड्दै गरेका स्थानीय ४९ वर्षीय कारसिंह राजवंशी र उनका छोरा नरेन्द्र राजवंशी हात्तीको आक्रमणमा परेर घाइते भएका हुन् ।  

बिहानको  समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसँग जम्काभेट हुन पुग्दा बाबुछोरालाई ४ वटाको सङ्ख्यामा रहेको हात्तीको बथानले लखेटेर आक्रमण गरेको थियो।  

घाइतेद्वयको हाल मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हात्तीको समूहले एउटा पसलमा पनि क्षति पुर्याएको  छ।  

प्रतिक्रिया दिनुहोस्