पाल्पामा चिर्पटले हानेर बाबुको हत्या



पाल्पा,भदौ १२ । पाल्पामा चिर्पटले हानेर आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।

माथागढी गाउँपालिका–४ नेटाका ४५ वर्षिय वावु तिलबहादुर दिसालाई उनकै १४ वर्षीय छोराले शनिबार हत्या गरेका हुन् ।
चिर्पट प्रहारबाट तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहारी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

चिर्पट प्रहारबाट बाबुको मृत्यु भएपछि स्थानीयबासीले प्रहरी चौकी माथागढीमा जानकारी गराएका थिए ।  प्रहरी टोलीले चिर्पट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिईएर घटनाबारे अनुसन्धान प्रक्रीया थालिएको पाल्पा प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाईएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्