नयाँं दिल्लीको हस्तकला प्रदर्शनीमा सहभागिता जनाउँदै नेपाल



काठमाडौं,भदौ १६। भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको इक्जिम बजार–०२२ प्रदर्शनीमा नेपालले पनि सहभागिता जनाउने भएको छ । सेप्टेमबर ३ देखि ६ तारिखसम्म हुने उक्त कार्यक्रममा परम्परागत, समकालिनलगायत हस्त शिल्पकला, हस्तकलालगायत कला उत्पादनमा सम्लग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरूलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट वस्तु एवं बजार प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सो प्रदर्शनी भारतको विभिन्न शहरमा हुँदै आइरहेको छ ।

यस पटक भारतको इण्डिया एक्जिम बैंकको आयोजनामा नयाँं दिल्लीमा हुन लागेको प्रदर्शनीमा नेपाल हस्तकला महासंघद्धारा मैनमूर्ति कलाकार मनोज शाक्य र फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्रबहादुर शिल्पकार, रेशाजन्य बस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमुर्ति कलाकार उदिप शाक्य गरी पाँच जनाले प्रतिनिधित्व गर्नेे जनाइएको छ ।

हस्तकला बिधामा संलग्न उद्यमी, कलाकार, कालिगढहरूको सिप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एकअर्काको सिप, प्रविधि अनुभव आदानप्रदन गरी व्यवसाय प्रवर्द्धनका लागि महासंघबाट समयसापेक्ष पहल एवं आवश्यक क्रियाकलाप सञ्चालन हुँदै आएको छ । यस प्रदर्शनीको माध्यमबाट सहभागी कलाकारमा भारतको बजारमा आफ्ना कलाकृति, उत्पादनको प्रदर्शनी गरी व्यवसाय प्रवद्र्धन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले गरे ।

प्रतिक्रिया दिनुहोस्