नुवाकोट शिवपुरीको कालिका माध्यमिक विद्यालयमा एक शिक्षक एक ल्यापटप वितरण



नुवाकोट,भदौ २३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेमा अवस्थित कालिका माध्यमिक विद्यालयमा एक शिक्षक एक ल्यापटप वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार एक कार्यक्रमका बीच विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकालाई ल्यापटप वितरण गरिएको विद्यालयका शिक्षक यादब पाण्डेले बताए ।

विश्व साक्षरता दिवसको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा शिवपुरी गाउॅंपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, उपाध्यक्ष बीरबहादुर तामाङ,वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठ, विद्यालयका सहयोगी संस्थाका निलकण्ठ आचार्य, विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।

गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले छोटो समयमै समग्र शिवपुरीको उत्कृष्ट विद्यालयका रुपमा कालिका माध्यमिक विद्यालयलाई हेर्न पाउदा हर्षानुभूति महसुस भएको बताए ।

प्रदेश सरकारबाट प्राप्त आईसिटी रकम र गाउँपालिकाबाट प्राप्त रकमबाट शिक्षक र विद्यार्थीलाई प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्