विदुर खानेपानी उपभोत्ता समितिको अध्यक्षमा एमालेका श्रेष्ठ विजयी



नुवाकोट,भदौ २३ । विदुर खानेपानी सरसफाई तथा उपभोत्ता समितिको अध्यक्षमा संजीव श्रेष्ठ विजयी भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका साझा उम्मेद्धवार नेपाली कांग्रेसका छत्र वहादुर डंगोललाई पराजित गर्दै एमाले–राप्रपा समर्थित उम्मेद्धवार रहेका एमालेका संजीव श्रेष्ठ अध्यक्षमा विजयी भएका हु्न् ।

पछिल्लो मतगणना अनुसार १७ सय ९० मत गणना हुँदा श्रेष्ठले एकहजार ५८ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्धवार डगोलले ६ सय ४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्