कपिलवस्तुबाट युवानेता शाहको एकल नाम सिफारिस



कपिलवस्तु,भदौ २३ । पछिल्लो समय युवाहरूको राजनिती प्रति लगाव बढ्दै गएको छ । अन्य राजनीतिक दलहरुले युवाहरुलाई राजनीतिमा होमिन आग्रह गर्दै गर्दा नेपाल समाजबादि पार्टीले ३२ बर्षिय युवालाई चुनावी मैदानमा उत्रर्ने निर्णय गरेको छ ।

नेसपाले समग्र कपिलवस्तु जिल्लाबाट एकल नाम युवा नेतृत्वलाई अगाडी बढाउदै सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल समाजवादी पार्टी कपिलवस्तुले केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष युवानेता शाहको एकल नाम सिफारिस गरेको छ विगत ७र८ वर्ष देखि राजनीतिमा होमिएका नेता शाहको एकल नाम नेसपाले सिफारिस गरेको छ । ३२ बर्षका युवा नेता शाहको नाम कपिलवस्तु क्षेत्र नं ३ ९क० को प्रदेश सभा सदस्यको लागि प्रत्यक्ष तर्फ एकल नाम सिफारिस गरेको नेसपाको जिल्ला अध्यक्ष राम निवास पुरीले बताउनु भयो ।नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समितिको बैठकले क्षेत्र नम्बर ३ को प्रत्यक्षतर्फ ‘क’ बाट प्रदेशसभा सदस्य र समानुपातिक प्रदेशसभा सदस्यका लागि ४ जनाको नाम सिफारिस गरेको हो ।यसैगरी नेपाल समाजवादी पार्टीले समानुपातिक प्रदेशसभा सदस्यतर्फ ३ जनाको नाम सिफारिस गरेको छ ।

पार्टीले समानुपातिक प्रदेशसभा सदस्यतर्फ बिष्णु प्रसाद आचार्य, राम निवास पुरी र कलामुन निसा धोबीको नाम सिफारिस गरेको हो । नेपाल समाजवादी पार्टी कमिटी कपिलवस्तुका अध्यक्ष राम निवास पुरीले सर्वसम्मत रुपले पार्टीको बैठकले निर्णय गरी प्रदेश कार्य समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्