बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन



एजेन्सी,भदौ २४ । बेलायतकी महारानी एलिजबेथको ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको हो। उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी बेलायतसँगै अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुखका रुपमा रहेकी थिइन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४औं पछि दोस्रो स्थानमा परेकी छन् ।

त्यस्तै उनी बेलायतमा भने सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्षका रुपमा स्थापित भएकी छन् । उनको जन्म सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा भएको थियो । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गर्ने अवसर पाएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्