कोरोना अपडेट: थप १६३ सङ्क्रमित, १३० सङ्क्रमण मुक्त



काठमाडौं,भदौ २५ । पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ र दुई हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य छ ।

त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४३० छ । यसैगरी, पछिल्लो २४ घण्टामा चार लाख ८० हजार ८१८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्