नुवाकोटको छहरेमा रहेको विन्द्राचल धाम भजन किर्तन सत्सङ्ग समिति गठन
नुवाकोट,भदौ २५ । जिल्लाको छहरे बजार नजिकै लिखु किनारमा रहेको धार्मिक पिठ नियमित सञ्चालनको लागि भजनकिर्तन तथा सत्सङ्ग समिति गठन गरिएको छ ।
शनिबार मन्दिर परिसरमा भएको एक भेलालेभजनकिर्तन तथा सत्सङ्ग समिति गठन गठन गरेको हो । सो समितिले मन्दिर संरक्षण तथा मासिक रुपमा भजनकिर्तन कार्यक्रम गर्नेछ ।
लिखु, शिवपुरी तथा पन्चकन्या गाउँपालिकाको संगम स्थलमा रहेको सो मन्दिर प्रमुख शक्तिपिठमध्ये एक भएको हरेक महिनाकाे हरेक शनिवार वैदिक सनातन वर्णाश्रम धर्म व्यवस्था बमोजिम लाेक कला धर्म संस्कृति संरक्षण एवं निरन्तरताका लागि पहल हुने सो मन्दिर संरक्षण समितिका श्याम डङोलले बताए ।
गठित समितिका पदाधिकारीहरू:-
अध्यक्ष – घनेन्द्र बहादुर थापा – विन्द्राचलधाम लिखु
सचिव – पुष्कर पाैडेल, त्रिवेणी धाम, पन्चकन्या
काेषाध्यक्ष: सुजन पाण्डे,श्रीकृष्ण प्रणामी मन्दिर शिवपुरी
उपाध्यक्ष: नमराज पाठक, बालासुन्दरी, शिवपुरी
सह-सचिव : माधव ठकुरी, त्रिवेणी धाम, शिवपुरी
सदस्य :पं. कृष्णप्रसाद लामिछाने, व्रम्हेश्वर गुरूकुल धाम पन्चकन्या सदस्य: महेश्वर पाण्डे, विन्द्राचलधाम लिखु
सदस्य: रामचन्द्र पाठक, त्रिवेणी धाम, पन्चकन्या
सदस्य: अम्मर ब डंगाेल, उत्पतेश्वर धाम लिखु
पहिलाे शनिवार -विन्द्राचलधाम छहरे/तीनै पालिका
दाेश्राे शनिवार – त्रिवेणीधाम शिवपुरी/पन्चकन्या
तेस्राे शनिवार : उत्पतेश्वर धाम, पर्सा भन्ज्याङ्ग
चाैथाे शनिवार: व्रम्हेश्वर गुरूकुल धाम पन्चकन्या
पाँचाैं शनिबार :श्रीकृष्ण प्रणामी मन्दिर खनियाँचाैर

