नुवाकोटका सुनबहादुर सुटुक्क काङ्ग्रेसमै फर्किए
नुवाकोट,भदौ २५ । सुनबहादुर सुटुक्क काङ्ग्रेसमै फर्किएका छन् । २०७४ सालको स्थानीय निर्वाचनपछि नुवाकोटमा एउटा चर्चित नाम बन्यो सुनबहादुर तामाङ ।
सुनबहादुर त्यसै चर्चित भने भएका होइनन् । उनी माथि चारसय भन्दा बढी चेलीबेटी बेचबिखन गरि भारत लगेर बेचेको र भारतमै कोठी चलाएको आरोप लागेको थियो ।
यद्यपी उनले उक्त मुद्दाबाट सफाइ पाए । तर पीडितहरूले अझै पनि सुनबहादुर माथि आरोप लगाउन भने छाडेका छैनन् । उनी जसरी अदालतबाट छुटेको भए पनि दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्षका रूपमा इतिहासमा सूचिकृत भएका छन । सुनबहादुरको बेलामौकामा विभिन्न हर्कत जारी छ । हाल आएर एमाले बनेका सुनबहादुर पुनः काङ्ग्रेसमा फर्केको घटनाले भने राजनीति धार र संरक्षणका घटना ठिटलाग्दो देखिएको छ ।

