कोरोना अपडेट: थप १०४ जनामा संक्रमण : दुई जनाको मृत्यु



काठमाडौं,भदौ २६ । पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८९ र एन्टीजेन परीक्षणमा १५ गरेर आइतबार १०४ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा १५ सय ९२ जनाको पीसीआर र १९ सय ९५ जनाको एन्टीजेन गरेर कुल ३५ सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार यो अवधिमा २०१ जना डिस्चार्ज भएका छन् भने आठ हजार ४१२ जनाले खोप लगाएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या २३ सय १६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्