निर्वाचन क्षेत्र रणनितिक सडकको माधव नेपालद्वारा शिलान्यास
काठमाडौं,भदौ २७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार शंखरापुर नगरपालिकाको साँखुमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनितिक सडकको शिलान्यास गरेका छन् । देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये काठमाडौं २ मा यो सडक बन्न लागेको हो।
२० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माण कार्य सोमबारबाट शुरु भएको हो। काठमाडौंको साँखुदेखी शंखरापुर नगरपालिका वडा नं २ को पटापसम्म २ अर्व लागतमा डिपिआर गरिएको सो सडकको पहिलो चरणको ठेक्काबाट करिव ४ किलोमीटर सडक कालोपत्र हुनेछ। सो सडकले शंखरापुर नगरपालिकाका वडा नं ७,८, ४ र २ छुनेछन।
कमलजित निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो सडक असफाल्ट र डिबिएम प्रबिधिको कालोपत्रे हुनेछन्।सो कार्यक्रममा संबिधानसभा सदस्य दिपक प्रसाद कुँइकेल बागमती प्रदेशसभा सदस्य मणिराम फुँयाल,शंखरापुर नगर प्रमुख रमेश नापित,उपप्रमुख समिता श्रेष्ठ लगायतको उपस्थिति थियो।

