नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई सहयोग
काठमाडौं,भदौ २९ । नेपाल एसबिआई बैंकले विद्यार्थीलाई झोला वितरण गरको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिरहाको फूलबरियास्थित श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको हो । अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा झोला वितरण गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकको उक्त पहलले विपन्न परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा बैंकको छ ।

