सुन तोलामा २ हजार ३०० र चाँदी ७० रुपैयाँले बढ्यो
काठमाडौं,कात्तिक १६ । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले वृद्धि भएको हो ।
आइतबार प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ३ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

